काठमाडाैँ । विश्व आदिवासी दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ । हरेक वर्षको अगस्त महिनाको ९ गते विश्व आदिवासी दिवस मनाइन्छ । १० बर्षअघि १० सेप्टेम्बर २००७ मा आदिवासीहरुको अधिकार, मर्यादा र आत्मसम्मानको रक्षार्थ संयूक्त राष्ट्रसंघको घोषणा र त्यसको उपलब्धिहरूको सन्दर्भमा व्याख्या गरिएकोछ ।

२३ डसेम्बर १९९४ को संयूक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडी बढाएको हो । संयूक्त राष्ट्रसघंले यसअघि नै सन् १९९४ देखि २००४ सम्म ’आदिवासी दशक समेत कर्म र मर्यादाकालागि दशक’ भन्ने नाराका साथ आव्हान गरेको थियो । विश्वको कूल जनसंख्याका १५ प्रतिशत भाग ओगटेका छन । पृथ्वीको ध्रुविय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरुको पहिचान र उपस्थिती घट्दो क्रममा छ । आप्रवासी समूदायहरु पेशा, पहिचान, बसाई लगायतका विविध कारणहरूले हावी कारण मानिएको छ ।

संयूक्त राष्ट्रसंघको आदिवासी समूदायको अधिकारसम्बन्धि घोषणपत्रको धारा १४ मा आदिवासी समूदायले आफ्नो संस्कृती, भाषा, रितीरिवाज र चलन अनुरुप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरु स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघले यस बर्षको विश्व आदिवासी दिवस २०१८ आन्दोलनकै रुपमा मनाउने भएका छन् । महासंघले आज विहान साढे ११ बजे बृहत¥याली सहित सरकारलाई आफ्नाे शक्ति प्रर्दशन गर्ने तयारी गरेका छन् । राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमकाे अायाेजना गरिएकाे छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments