एजेन्सी । बलिउडमा किङ खानका नामले परिचित अभिनेता शाहरुख खानकी छोरी सुहाना खान चाँडै फिल्ममा डेब्यू गर्ने योजनामा छिन् ।

सुहाना सेलिब्रेटीका छोरा छोरीहरुलाई डेब्यू गराउन खप्पीस निर्माता निर्देशक करण जोहरकै फिल्मबाट डेब्यू गर्न चाहन्छिन् । तर उनका वुवा अभिनेता शाहरुख खानको भने अर्कै योजना रहेको बलिउड अनलाइनहरुले खबर छापेका छन् ।

शाहरुख खान स्रोतले पनि उनका जेठो छोरा अर्यानलाई फिल्ममा डेब्यू गर्ने अहिलेसम्म कुनै रुची नभएको तर छोरी सुहाना भने अभिनयमा करियर बनाउन इच्छुक रहेको पुष्टि गरेका छन् । सुहाना अहिले नियमित रुपमा थियटरमा काम गर्दै आएकी छिन् । शाहरुख र आमा गौरी दुवैजना छोरी सुहाना फिल्ममा अभिनय करियर शुरु गर्न तयार रहेकोमा आश्वस्त छन्,स्रोतले भन्यो ।

अहिले सुहानालाई डेब्यू गराउने सम्भावित निर्देशकमा करण जोहरको नाम अग्रपंक्तिमा रहेको छ । तर शाहरुख र गौरी भने अरुबाटै सुहानाको डेब्यू गराउने सोंचाइमा रहेको स्रोतको दाबी छ । त्यसो त बलिउडका हस्ती निर्देशकहरु सञ्जयलीला भन्सालीदेखि सुजोय घोषसम्म सुहानालाई डेब्यू गराउन इच्छुक देखिएको शाहरुख स्रोतको दाबी छ ।

Comments

comments