काठमाडौं । नेपाली चेली युनिता खत्रीले दुबईमा आयोजना भएको मिस वर्ल्ड डाइभरसिटिको ताज जितेकी छिन् । नेपालका एक सय भन्दा बढी प्रतिस्पर्धीबाट उनी अनलाइन अन्तर्वार्ताको आधारमा नेपालको प्रतिनिधिको रुपमा चुनिएकी थिइन् । आफू जस्तै विभिन्न देशको प्रतिनिधित्व गरेर आएका पचास प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जित्न सफल भएकी हुन् ।

युनिताले आफूलाई नेपालको तर्फबाट सहयोग नभएको गुनासो गरेकी छिन् । उनले सरकार मात्र नभएर संचार माध्यमले पनि आफूलाई साथ नदिएकोमा दुख लागेको बताएकी छिन् । युनिताका अनुसार, मिस वर्ल्ड डाइभरसिटिको फस्ट रनरअप भारतकी युवती भएकी थिइन् । फस्ट रनरअप जितेपछि उनलाई एयरपोर्टमा नै भव्य बधाईको आयोजना गरिएको थियो । तर , आफूले ताज जित्दा पनि मिडिया समेतले वास्ता  नगरेकोमा उनले दुखेसो पोखेकी छिन् ।

ताज जितेकी युनिता एक वर्षसम्म आयोजककै कार्यक्रम अनुसार चल्नेछीन् । पढाइ तथा कामलाई संगै लागिरहेकी उनी संचारकर्मी समेत हुन् भने उनले रानी महल चलचित्रमा काम पनि गर्दैछिन् । आफ्नो मूख्य सपना अभिनय रहेको उनी बताउँछिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments