नेकपा एमालेका नेता माधवकुमार नेपालले माघ ८ गतेभित्र संविधान बनाउन सबै रानीतिक दल प्रतिबद्ध भएर लाग्नु पर्ने बेला आएको बताउनुभएको छ ।

रौतहटको गौरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले आफ्नो पार्टी सबै नेपालीको भावनाको प्रतिनिधित्व गर्ने संघीयताको पक्षमा रहेको भन्दै एमालेले ल्याएको सात प्रदेशको अवधारण्ााँ उपयुक्त रहेको बताउनुभयो । एमालेले संविधान निर्माणको कार्यलाई उच्च महत्व दिएको बताउँदै उहाँले एकीकृत माओवादीको कारण समयमा संविधान नआउने हो कि भन्ने आशंका बढेको बताउनुभयो । एकीकृत माओवादी र मधेसवादी दलले अनेक बहानामा सदन अवरुद्ध गरिरहेकाले समयमा संविधान बन्नेमा शंका उब्जिन थालेको उहाँको भनाई छ ।

तर नेताहरु अहिले गम्भीर भएकाले सदनको अवरोध केही दिनमा नै समाप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

Comments

comments