संखुवासभा । चिनियाँ व्यवसायीले थेप्चो पारेको रुद्राक्ष मन पराउने, भारतीयले साविककै । दुई ठूला देशका व्यवसायीको यो अनौठो रुचिले संखुवासभाका रुद्राक्ष उत्पादकलाई नै विभाजित गरेको छ ।

चिनियाँहरू बोटमै आकार बिगारी थेप्चो पारिएको रुद्राक्ष मन पराउँछन् । त्यसैले उनीहरूका लागि यहाँका करिब ३ लाख दानामा स्वरूप बिगार्ने ‘क्लिप’ राखिएको छ ।

चैनपुर नगरपालिकाको खराङ र लोहाकोटमा रुद्राक्षको बोटमा प्लास्टिकका ‘क्लिप’ राखेर आकार थेप्चो बनाइएको छ । ती क्लिप चीनमै बनाएर ल्याइन्छन् ।

भारतीयलाई भने प्राकृतिक स्वरुपकै रुद्राक्ष मन पर्छ । रुद्राक्षको रुप बिग्रन थालेपछि व्यवसायीले त्यसमा रोक लगाउने निर्णय गरेका छन् । जिल्ला प्रशासनमा बसेको रुद्राक्ष व्यवसायी संघको भेलाले व्यवसायीलाई प्लास्टिकका सामग्री प्रयोग गरेर रूप बिगार्न नदिने निर्णय गरेको हो । चिनियाँ व्यवसायीको चाहनाअनुसार केही कृषक र व्यवसायीले रुद्राक्षको स्वरूप बिगारेको अन्य व्यवसायीले बताए ।

बोटमा रुद्राक्ष चेप्टाएको खबर पाएपछि व्यवसायी संघका प्रतिनिधि स्थलगत अनुगमनमा गएका थिए । प्रहरी टोलीसहित अनुगमनमा पुगेका उनीहरूले रुद्राक्षको बोटमा लगाइएको क्लिप जफत गरेको व्यवसायी विपिन राईले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments