काठमाडौंँ। २२ वर्षपछि नेपाली क्रिकेट टिमले सपनाको यात्रा तय गरेको छ ।

चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता अनि डेब्यु एक दिवसीय सिरिजमा नेदरल्यान्ड्ससँग १–१ को बराबरीको नतिजा निकालेकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार नेपालमा भव्य स्वागत गरिएको छ ।

‘एक दिवसीय खेल खेल्ने मेरो मात्र होइन, सबैको सपना थियो । मेरै प्रशिक्षणमा एक दिवसीय खेल्ने सोचेको पनि थिइनँ,’ नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि भने, ‘अब अन्य सपना पूरा गर्नु छ ।’

युरोप भ्रमण सकेर नेपाली टोली स्वदेश फर्किएको हो । यस क्रममा नेपालले नेदरल्यान्ड्ससँगको डेब्यु एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज र मेरिलवोन क्रिकेट क्लब (एमसीसी) नेदरल्यान्ड्ससँगै त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो । दुवै खेल बराबरीमा सकिएको थियो । नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र क्रिकेट समर्थकले स्वागत गरेका थिए ।

एक दिवसीय खेल खेल्ने यात्रामा विदेशी, नेपाली प्रशिक्षकसँगै खेलाडीहरूको पनि ठूलो योगदान रहे पनि टमटाको प्रशिक्षणमा नेपालले एक दिवसीय खेलमा जितको इतिहास रचेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments