काठमाडौं । गायक दीपक बज्राचार्यको मनमगन गीतले पछिल्लो समय राम्रो चर्चा पाईरहेको छ । मनमगनको सफलता पश्चात दिपकले सोही गीतलाई नेपालभाषामा पनि सार्वजनिक गरिएको छ भने चाँडै नै हिन्दी भर्सनमा समेत रिलिज गर्ने उनको तयारी छ ।

गायक दीपक बज्रचार्यको हिन्दी भर्सनलाई भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनले प्रचारप्रसार गर्ने भएको छ । यसकालागि लाग्ने सबै खर्च डिजिट्युनले नै व्यहोर्नेछ । यसरी नेपाली कलाकारको लोकप्रिय गीतलाई हिन्दी भर्सनमा प्रवद्र्धन तथा प्रचारप्रसारका लागि करोडौंको लगानी गर्नु नेपाली संगीतकर्मी तथा संगीत प्रेमीहरुका लागि खुशीको कुरा हो । नेपाली मौलिकता बोकेको गीत भारतीय संचार माध्यमहरुबाट प्रसारण हुनु नेपाली संगीत क्षेत्रकै गौरवको विषय भएको सरोकारवालाहरुले बताए ।

संसारलाई नेपाली संगीतमा नचाऔं भन्दै गायक बज्रचार्यले नेपाली बाजाहरुको तालमा क्रिम अफ रीदम अभियान अगाडि बढाईएको हो । सो अभियान अन्तर्गत सार्वजनिक भएको पछिल्लो गीत मनमगन अहिले नेपाल भाषामा निर्माण गरिएको हो । गीतलाई चाँडै नै अन्य भाषाहरुमा पनि निर्माण गर्दै जाने जनाईएको छ । सोमवार लतिपुरमा आयोजित पत्रकार भेटघाटमा गायक बज्रचार्यले मनमगनको सफलताले थप हौसला मिल्नुको साथै अझ धेरै उर्जा थपिएको बताए ।

८ वर्ष अघि पनि उनले क्रीम अफ रीदम अभियान अन्र्तगत मौलिक बाजाहरुको समिश्रण गरी काली काली, ओ अमिरा, मायाको डोरीले लगायतका लोकप्रिय गीतहरु समावेश गरी मेड्ली रिलिज गरेका थिए । जसलाई अंग्रेजी भाषामा समेत सार्वजनिक गरिएको थियो ।

क्रीम अफ रीदमले पप शैलीका गीतमा नेपाली मौलिक बाजाहरुको प्रयोग गरी फ्यूजन गर्दै संसारलाई सुनाउने र नेपाली बाजाको तालमा संसारलाई नचाउने अभियानलाई अघि बढाउँदै आएको छ ।

Comments

comments