सिड्नी । अष्ट्रेलियामा गाईजात्रा तथा जनैपूर्णिमा महोत्सव २०१८ हुनेभएको छ । हाँस्यव्यंग्यको पर्व , दु:ख भुलाएर हँसाउने पर्वको रुपमा नेपालमा मनाइने यो पर्व अष्ट्रेलियामा पहिलो पटक मनाउन लागिएको हो । गाईजात्रा तथा जनैपूर्णिमा महोत्सव गोरखा समाज अष्ट्रेलियाले विगत सात वार्सः देखि अष्ट्रेलियामा जनैपूर्णिमा विशेष कार्यक्रम गर्दै आएको नेपाली हिन्दु समाज अष्ट्रेलियासंगको सहकार्यमा कार्यक्रमको योजना गरेको हो ।

महोत्सवमा नेपाली हाँस्यटेलीशृंखला मेरी बास्सैका चर्चित पात्रहरु बल्छी ध्रुवे र राजुमास्टरको विशेष प्रस्तुती रहनेछ । महोत्सवमा नेपाली पर्व जनैपूर्णिमालाई नेपालीपन अनुसार विशेष रुपमा मनाइनेछ । महोत्सवमा यी बाहेक झाँकी, लाखे नाच, टाकटुके नाच, विभिन्न सांकृतिक प्रस्तुती र साथमा नेपाली खाना पनि रहने आयोजकले बताएका छन् । साथै बालबालिकाहरुको लागि पनि मनोरंजनका विभिन्न स्टलहरु रहनेछन्।

यो भव्य महोत्सव आगामी अगस्ट २६ , आइतबारका दिन बिहान १० बजे देखि बेलुका ५ बजेसम्म हुनेछ । कार्यक्रम सिड्नी स्थित Tempe Recreational Reserve , Holbeach Ave , Tempe मा हुनेछ ।

Comments

comments