काठमाडौं । बजारमा पाइने चिप्स बच्चाको स्वास्थ्यको लागि राम्रो मानिंदैन। तर पनि उनीहरुलाई कुरकुरे खानबाट रोक्न गाह्रो हुन्छ । यस्तो अवस्थामा घरमै पनि कुरकुरे बनाउन सकिन्छ ।

आवश्यक सामग्री

खीर पकाउने चामल, चना र केराऊको दाल

जीराको धुलो, बेसार, टमाटरको धुलो, चाट पाउडर, बेकिंग पाउडर

मरिचको धुलो, नुन, प्याज, मकैको पीठो, तेल, लसुन, चिनी

अमिलो, खुर्सानीको धुलो

विधि

चामल र दाललाई एक रातभर भिजाउनुहोस् ।

भिजेको चामल र दाललाई कुकरमा राख्नुहोस् र त्यसमा टमाटरको पाउडर, बेसार, जिरा पाउडर, चाट मसला पाउडर, बेकिंग पाउडर, नुन, कालो नुन , मरिचको धुलो, प्याजको पेस्ट, तेल राख्नुहोस् र त्यसमा पानी राखेर कुकर बसाल्नुहोस् ।

कुकरलाई चुलोमा बसालेपछि कुकरमा पांच देखि ६ सिठी लाग्न दिनुहोस् ।

अब त्यसको पिठोलाई प्वाल पारेको तेलको खाली प्याकेटमा भर्दै कुकुरेको आकार बनाउनुहोस् ।

सबै बनाएर सकेपछि तेलमा फ्राई गर्नुहोस् ।

अब एउटा कचौरामा लसुनको धुलो, चिनी, अमिलो, खुर्सानीको धुलो, टमाटरको धुलो राखेर मिक्स गर्नुहोस् र त्यसलाई कुकुरेमा मुछ्नुहोस् ।

 

Comments