काठमाडौं । व्यक्तिको जन्म मिती र समय अनुसार उसको भाग्य बन्छ भन्ने विश्वास गरिन्छ । ज्योतिषहरुका अनुसार व्यक्ति जन्मेको बारले पनि उसको गुण, आनीबानी र जीवनको सफलतामा फरक पर्छ । फरकफरक बारमा जन्मिएका व्यक्तिको विशेषता फरकफरक हुन्छ ।

आइतबार जन्मिने व्यक्ति भाग्यशाली हुन्छन् । उनीहरुको आयू पनि लामो हुन्छ । आइतबार जन्मिएका व्यक्ति धर्मप्रति आस्थावान हुन्छन् र दान पुण्य गर्न मन पराउँछन् । उनीहरु आफ्नो वरिपरिका व्यक्तिलाई खुशी राख्न प्रयास गर्छन् । आइतबार जन्मिएका व्यक्तिहरु कला र साहित्यतर्फ बढी लगाव राख्ने हुन्छन् । सोमबार जन्मिने व्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ । उनीहरु कुशल , सफल र बहादुर हुन्छन् । सोमबार जन्मिने महिला सुन्दर छन् ।

मंगलबार जन्मिने व्यक्ति उग्र हुन्छन् , जसले गर्दा उनीहरुका वरिपरिका व्यक्ति उनीहरु देखि बेखुशी हुन्छन् । मंगलबार जन्मिने व्यक्ति धनी हुन्छन् । बुधबार जन्मिने व्यक्ति धर्म प्रति आस्था राख्ने किसिमका हुन्छन् । उनीहरुमा सरस्वतीको विशेष कृपा हुन्छ । बिहिबार जन्मने व्यक्तिले जीवनमा उतार चढाव झेल्नु परे पनि उनीहरु साहसी हुन्छन् । उनीहरुमा दृढता  र आत्मविश्वास हुन्छ । उनीहरुको वरिपरिका मानिसहरु उनीहरु देखि खुशी रहन्छन् ।

शुक्रबार जन्मिने व्यक्तिहरु हँसिलो स्वभावका हुन्छन् । उनीहरु इमान्दार, सहनशील र सौखिन हुन्छन् । शनिबार जन्मिने व्यक्ति व्यापार व्यवसायमा बढी रुची राख्छन् र सफल पनि हुन्छन् । शनिबार जन्मने व्यक्तिको बाल्यकाल भने कष्टपूर्ण हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments