काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि बिदामा वस्नुहुने भएको छ ।

संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा नाम अस्वीकृत गरेपछि उहाँ बिदामा बस्न लाग्नुभएको हो । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

जोशी बिदामा बसेसँगै न्यायालयले अझै केही समय नेतृत्व नपाउने देखिएको छ । सर्वोच्चमा नयाँ प्रधानन्यायधीश नियुक्त भएपछि कायममुकायम प्रधानन्यायाधीश जोशीले राजीनामा दिने सम्भावना रहेको स्रोत बताउँछ । उहाँले राजीनामा नदिए न्यायाधीश भएर काम गर्न सक्ने पूर्वन्यायाधीश बलराम केसीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली गत २०७४ चैत्र १ गते बर्खास्ती भएसँगै चार महिनादेखि सर्वोच्च अदालत नेतृत्वविहीन छ । सर्वोच्चमा नीतिगत निर्णयमा समस्या पर्दै आएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् ।

जोशी शनिबारदेखि बिदामा बस्ने र रोलक्रमका आधारमा वरिष्ठ रहनुभएका न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्ने सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments