काठमाडौं । बिमा कम्पनी खारेजीमा जाँदा सुरुमा विमित ‘ग्राहक’ ले भुक्तानी पाउने सुविधा खोसिन लागेको छ ।

प्रस्तावित बिमा ऐनको विधेयकमा बिमितभन्दा अघि सरकार, बिमा समिति ‘प्रस्तावित बिमा प्राधिकरण’ लगायतले भुक्तानी व्यवस्था पाउने व्यवस्था थपिएपछि यस्तो अवस्था आएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

विद्यमान व्यवस्था ‘बिमा ऐन ०४९० अनुसार कुनै कारणले बिमा कम्पनी खारेजीमा जाँदा सुरुमा दामासाहीमा लागेको खर्च र त्यसपछि बिमितले भुक्तानी पाउने व्यवस्था छ ।

यसको अर्थ कम्पनी खारेजीमा गएपछि बिमितले सबैभन्दा पहिले भुक्तानी पाउँछन् भन्ने हो ।

नयाँ व्यवस्थाले उक्त अधिकार खोसेर बिमितलाई चौथो प्राथमिकतामा राखेको छ । यो बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, सहकारीसम्बन्धी ऐनलगायतका ऐनहरूमा रहेकोभन्दा फरक व्यवस्था हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments