काठमाडाैँ । गृहमन्त्रालयले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी काेजीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगार्इ निष्कासन गरेको छ ।

अध्यागमन विभागले जापानी नागरिक काेजीको भिसाको म्याद गुज्रिसकेपछि पनि नेपाल बसेको पाएपछि बुधवार उनलाई सन् २०१८ भरी नेपाल प्रवेशमा प्रतिबन्ध लगाई जापान फिर्ता पठाउने निर्णय गरेको हो ।

काेजी अब सन् २०१९ को जनवरीमा मात्र नेपाल प्रवेश गर्न पाउँछन् । काेजी आज जापान फिर्ता हुँदैछन ।

सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका काजीको भिसा ब्यवस्थानका एन्फाले चासो नदिँदा यो अवस्था आएको हो।

उनी श्रम स्वीकृति बिनै फुटबल टोलीको प्रशिक्षकका रूपमा काम गरिरहेका थिए । एन्फाले काेजीको भिसा व्यवस्थापन गर्न नसक्नुमा गम्भीर कमजोरी देखिएको छ । अध्यागमन नियमावली २०५१ मा पर्यटकलाई एक वर्षमा बढीमा पाँच महिनाका लागि मात्र भिसा दिइने उल्लेख छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments