काठमाडौं । निर्देशक सुदर्शन थापाको निर्देशनमा अभिनेत्री पूजा शर्माले निर्माण गरेको फिल्म राम कहानीको ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा प्रेम, मिलन, विछोड, रोदन, कमेडी, थ्रिल सबैखालका दृश्यको समीश्रण हेर्न पाइन्छ ।

तीन महिना अघि नै ’तिम्रो लागि म छु…’ बोलको गीत रिलिज गरेको चलचित्र रामहानी टिमले बिहीवार फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरेका हुन् । फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा छन् । ट्रेलर रोमान्टिक प्रेम कथाले भरिएको छ ।

ट्रेलर हेर्दा अभिनेत्री पूजा शर्मा पहिलो पटक फरक भूमिकामा प्रस्तुत भएको अनुमान गर्न सकिन्छ । ट्रेलरमा उनको रोमान्टिकसँगै डरलाग्दो अवतार प्रस्तुत गरिएको छ । तर निर्देशक थापाले भने ‘रामकहानी’ कमेडीसँगै रोमान्टिक लभस्टोरी जनरामा तयार भएको बताए । प्रेमकथामा आधारित एउटा पूर्ण फिल्म हेर्न चाहने दर्शकका लागि रामकहानी गतिलो प्याकेज रहेको उनको दाबी थियो ।

मल्टिस्टारर फिल्म ‘रामकहानी’ मा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र रविन्द्र झा पनि प्रमुख भूमिकामा छन् ।

भाद्र २२ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको कथा सुदर्शन आफैंले लेखेका हुन् । सौरभ लामाले खिचेको फिल्ममा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ । पटकथा र संवाद महेश दवाडी र दिनेश न्यौपानले संयुक्त रुपमा लेखेका छन् ।

Comments

comments