मेलबर्न । अष्ट्रेलियामा पढाइ हुने विभिन्न कोर्षहरुमध्ये क्लिनिकल साइकोलोजीप्रति विद्यार्थीहरुको आकर्षण लोभलाग्दो छ । करियरका साथै समाज सेवासँग सम्बन्धित विषय भएकोले पनि विदेशी विद्यार्थीहरुको आकर्षण बढेको हो ।

क्लिनिकल साइकोलोजी अन्तर्गत डिप्रेसन, डाइग्नोसिस उपचार, शारीरिक बिमारी, सम्बन्ध, अशक्तता आदिको पढाइ हुन्छ । मास्टर्स अफ क्लिनिकल साइकोलोजी अन्तर्गत क्लिनिकल साइकोलोजी सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक पढाइ हुन्छ । यो दुई वर्षे कोर्ष हो ।

आवश्यक योग्यता :

मास्टर्स अफ क्लिनिकल साइकोलोजीको लागि चार वर्षे साइकोलोजी कोर्स गरेको हुनुपर्छ । आईएलटिएस मा ७ अंक ल्याएको हुनुपर्छ । भर्नाको लागि प्रवेश परीक्षा अनिवार्य दिनुपर्नेछ । छनोट भइसकेकाहरुले साइकोलोजी बोर्ड अफ अष्ट्रेलियामा दर्ता गर्नुपर्छ ।

पढाइ शुल्क

युनिभर्सिटीको पढाइ शुल्क विषय अनुसार फरक हुन्छ । साइकोलोजी बोर्ड अफ अष्ट्रेलियामा दर्ता गर्न दुई वर्षको लागि लगभग १,००० डलर लाग्छ ।

करियर र अवसर

क्लिनिकल साइकोलोजीको पढाइ सकिसकेपछि क्लिनिकल साइकोलोजिस्टको रुपमा करियरको राम्रो अवसर रहेको छ । अष्ट्रेलियामा क्लिनिकल साइकोलोजिस्टको औसत कमाई वार्षिक ७३,००० डलर हुन्छ । यो कोर्ष पूरा गरिसकेकाहरुलाई अष्ट्रेलियाका केही राज्यहरुले सहज रुपमा यहाँको पीआर समेत उपलब्ध गराउने गर्दछ ।

तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments