काठमाडौं । कक्षा १२ को नतिजा बिहीबार सार्वजनिक भएको छ । बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशित गरिएको छ । गत बैशाखमा संचालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए ।

आशिंकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय ७५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ ।

यसरी थाहा पाउनुस नतिजा

नतिजा वेभसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ । नतिजा शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

Comments

comments