मेलबर्न । अष्ट्रेलियाको क्यानबेरा स्थित नेपाली दुतावासले आफूले लिंदै आएको सेवाशुल्कमा परिवर्तन गरेको छ । उक्त परिवर्तन श्रावन १ अर्थात जुलाई १७ देखि लागु गरिएको हो ।

दुतावासले शुल्क परिवर्तनबारे सार्वाजनिक गरेको सूचनामा उल्लेख गरेको छ, ‘ नेपाल सरकार मन्त्रीपरिषदको मिती २०७५/३/१५, को कन्सुलर कागजात प्रमाणीकरण दस्तुर संसोधन सम्बन्धि निर्णय र राहदानी नियमावली ( तेस्रो संसोधन) , २०७२ बमोजिम यस राजदुतावासबाट प्रदान गरिने सेवाहरुमा २०७५ श्रावण १ गते देखि लागु हुनेगरि निम्नानुसार परिवर्तित राजश्व दस्तुर कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यसै सुचना मार्फत अनुरोध गरिन्छ ‘ ।

यसको साथै दुतावासले अष्ट्रेलिया तथा न्युजिल्याण्डमा रहेका नेपालीहरुले नेपालमा रहेको घरजग्गा बिक्रि गर्नुपर्ने अवस्थामा , नेपालमा मुद्दामामिला लड्नु परेको अवस्थामा ऐनले वारिश दिने व्यक्तिलाई आफ्नो सट्टामा, आफ्नो प्रतिनिधिको रुपमा वारिश दिन मिल्ने बताउंदै, त्यसको लागि तोकिएका नियम तथा मापदण्ड बारेमा पनि सुचना सार्वजनिक गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments