एडीलेड़ । अष्ट्रेलियाको एडीलेड़मा रहेको एडिलेड क्रिकेट नेप्लिज एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट नयाँ कार्यसमितिको चयन समेत गरिएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा विजय जोशी चुनिएका छन् भने उपाध्यक्षमा धिरज ज्ञवाली , सचिवमा सन्तोष अधिकारी , कोषाध्यक्षमा पारस जोशी , पब्लिक रिलेसन अफिसरमा दिपक क्षेत्री , कार्यसमिति सदस्यमा शंकर थापा र विकास सुवेदी चुनिएका छन् ।

कार्यक्रममा संस्थाले गतवर्ष गरेका कार्यहरुको विवरण पेश गरिएको थियो । संस्थाले विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम संगै नेपाली समुदायलाई खेल क्षेत्रमा गाडी बढाउनको लागि एनका लिज लगायत विभिन्न प्रशिक्षण तथा प्रतियोगिताहरुको आयोजना गरेको थियो ।

संस्थाले यो वर्षको लागि आफ्ना कार्यक्रम योजना सहितको नयाँ क्यालेन्डर समेत सार्वजनिक गरेको छ । एनकाले आगामी अक्टोबरमा एनका लिग र एनका टुर्नामेन्टको आयोजना गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments