मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया युनिभर्सिटी मेलबर्नमा रहेको पब्लिक युनिभर्सिटी हो । यो युनिभर्सिटी सन् १९९० देखि युनिभर्सिटीको रुपमा संचालनमा आएको थियो । मेलबर्न सहर विद्यार्थीहरुका लागि उपयुक्त सहर मध्ये विश्वका सहरहरुभरिमा अग्रस्थानमा आउँछ । त्यस्तै, भिक्टोरिया युनिभर्सिटी विश्वका उत्कृष्ट युनिभर्सिटी मध्ये २ प्रतिशत युनिभर्सिटीहरु मध्ये पर्छ ।

भिक्टोरिया युनिभर्सिटीमा सेमेस्टरको आधारमा शुल्क लिइन्छ। यस युनिभर्सिटीको शुल्क एक सेमेस्टरको लागि १० हजार अष्ट्रेलियन डलर देखि १५ हजार अष्ट्रेलियन डलर सम्म रहेको छ । कोर्स अनुसार, शुल्क फरक-फरक हुन्छ । यदि कोर्समा कुनै प्रयोगात्मक वा अतिरिक्त शिक्षा आवश्यक भएमा, अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ । यस युनिभर्सिटीमा कोर्स अनुसारको छात्रवृत्ति पनि उपलब्ध रहेको छ ।

भिक्टोरिया युनिभर्सिटीमा भर्ना हुनको लागि राम्रो अंक सहितको अघिल्लो लेभलको शैक्षिक प्रमाणपत्रहरु र न्युनतम पनि आइएलटिएसमा ५.५ , पीटिइमा ४२ – ४९ र टोफलमा ५५ ल्याएको हुनुपर्छ । यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु निम्न छन् :

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments