काठमाडौँ । नेपालले बुधबार इतिहासमै पहिलो पटक एक दिवसीय खेल खेल्दैछ ।

नेपाली समयानुसार बुधबार दिउँसो २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो ।

नेदरल्याण्डको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा इन्डियन प्रिमियर लिग ९आइपिएल० र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् । त्यस्तै अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् ।

नेदरल्याण्डमा एक दिवसीय दुई खेल हुनेछन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो पहिलो अवसर हो ।

नेदरल्यान्ड्सको एमस्ट्राडमको एमस्टलभिनस्थित भीआरए क्रिकेट मैदानले बुधबार नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने २३ औँ राष्ट्र बनाउनेछ। आईसीसी ११, एसिया ११, अफ्रिका ११ र इस्ट अफ्रिका गरी कुल २६ टोलीले यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन्। नेपाल २७ औं टोली बन्नेछ।

हाल एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका १६ राष्ट्र मात्र छन्। त्यसभित्र टेस्ट खेल्ने १२ राष्ट्र पर्छन्। नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड र यूएई भने एकदिवसीय अन्तर्राष्ट्रिय मात्र खेल्नेछन्। टेस्ट खेल्ने १२ राष्ट्र र नेदरल्यान्ड्सले माथिल्लो वरीयतामा प्रतिस्पर्धा गर्नेछन्। नेपालसहित बाँकी अन्यले भने अर्को वरीयतामा खेल्नेछन्।

नेदरल्यान्ड्ससँगको खेलबाट नेपाल ऐतिहासिक रूपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्लबमा प्रवेश गरे पनि वरीयतामा आउन भने कम्तीमा चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नुपर्नेछ। नेदरल्यान्ड्ससँग नेपालले दुई खेल खेल्नेछ।

हाल युरोप भ्रमणमा रहेको नेपालले स्कटल्यान्डसँग पनि दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम बनेको थियो। खर्च अभावमा स्कटल्यान्डले पछि खेल्न मानेन। त्यसैले नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वरीयतामा आउन केही समय कुर्नुपर्ने भएको छ।

यसै अवसरलाई सदुपयोग गर्दै नेपाली बलर शक्ति गौचनले डेढ दशक लामो आफ्नो खेलयात्राबाट सन्यास लिँदैछन् ।

युरोप भ्रमणमा जानुअघि आयोजित पत्रकार सम्मेलनमा गौचनले नेपाली टोलीबाट एक दिवसीय खेल खेल्ने आफ्नो सपना पूरा भएको बताएका थिए ।

नेपालले पहिलो एक दिवसीय खेल खेल्न लागेको नेदरल्याण्ड नेपालभन्दा बढी अनुभवी छ । पछिल्लो पटक नेदरल्याण्डसँग नेपाल जिम्बावेमा मार्च २०१८ मा भएको विश्वकप छनोट ४५ रनले पराजित भएको थियो ।

यसअघि उक्त भिआरए मैदानमा पछिल्लो पटक नेदरल्याण्ड र स्कटल्याण्डबीच टी–२० खेल भएको उक्त खेलमा स्कटल्याण्ड विजयी भएको थियो ।

Comments

comments