काठमाडाैं । तुइन मुक्त देश बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पुरा हुने भएको छ ।

प्रधानमन्त्री ओलीले ३ वर्षअघि पहिलोपटक कार्यकारी प्रमुखका रुपमा पदभार ग्रहण गरेपछि देशलाई तुइनमुक्त बनाएर झोलुङ्गे पल निर्माण गर्ने निर्णय गर्नुभएको थियो ।

देशभर तुइनलाई झोलुङ्गे पुलले विस्थापित गर्न सम्भाव्य भएका १ सय ३६ वटामध्ये १ सय ५ वटा झोलुङ्गे पुल निर्माण भैसकेका छन् भने बाँकी ३१ मध्ये २६ वटा झोलुङ्गे पुल यसै वर्षभित्र पुरा हुने सस्पेन्सन ब्रिज डिभिजन ‘एसबिडी’ कार्यालय योजना प्रमुख गुरुप्रसाद शर्माले जानकारी दिनुभयो ।

बाँकी ५ वटा झोलुङ्गे पुल भने महाकाली नदिमा भारतीय सिमासँग जाडिएकाले भारतबाट सहमति आउन बाँकी रहेको कार्यालयले जनाएको छ । मुलुक भरी १ सय ७८ वटा तुइन भएको ठाँउ पहिचान भएमा कठिन भुबनोट, प्राविधिक दृष्टिले सम्भाव्य नभएको, नजिकै पुल भएको लगाएतका विभिन्न कारणले ४१ वटा ठाँउमा झोलुङ्गे पुलबाट तुइन बिस्तापित हुने अबस्था छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments