काठमाडौं । चर्चित लोकगायिका सीता थापामाथि खुकुरी प्रहार भएको छ । सामान्य घरायसी विवादमा उनलाई उनकै जेठानीले खुकुरी प्रहार गरेकी हुन् ।

घाइते थापाको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । उनको स्वस्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

थापामाथि खुकुरी प्रहार गर्ने उनको जेठानीमाथि कार्बाहीको माग गर्दै जावालाखेल प्रहरी वृत्तमा उजुरी दर्ता भएको छ ।

Comments

comments