मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा गत आइतबार ‘ द ओरिजिनल डुव’ कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ । यति फुटबल क्लबले आयोजना गरेको उक्त कार्यक्रमलाई कंडेल कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको थियो ।

उल्लेखीय सहभागीहरुको बीचमा कुनै समय नेपालको लोकप्रिय ब्याण्डको रुपमा चिनिएको 1974 एडीका गायक एड्रिन प्रधान र गायक फिरोजको विशेष प्रतुती रहेको थियो । डिजे मिस्टा संगीतको तालमा सहभागीहरु आफ्नो व्यस्त दैनिक जीवनशैलीको थकानलाई बिर्सिएर नाचेका थिए । कन्सर्टमा अशोक खतिवडा, लडीबडी , मिस्टिक, द अन्डरलाइन लगायतले सहभागीहरुलाई थप मनोरंजन दिएका थिए ।

बेलुका ६ बजे देखि Billboard – 170 Russell ST मेलबर्नमा भएको कन्सर्टमा प्रस्तुति दिएका सम्पूर्ण कलाकार तथा सांगीतिक ब्याण्ड, आफ्नो व्यस्तताका बावजुद कन्सर्टमा आएका सहभागीहरु , सम्पूर्ण प्रायोजक संस्थाहरु तथा कन्सर्टलाई भव्य बनाउनको लागि कडा मेहनत गरेका क्लबका सम्पूर्ण सदस्य प्रति आयोजक यति फुटबल क्लबले कृतज्ञता प्रकट गरेको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments