एजेन्सी । ब्राजिलका प्रसिद्ध फुटबल खेलाडीले विश्वकप खेलको समयमा आफूले अभिनय गरेको नभएर साँच्चै नै लडेको बताएका छन् । रुसमा भएको फिफा विश्वकप २०१८ का खेलहरुमा नेइमार दा सिल्भा सान्तोस जुनियर विपक्षी खेलाडीले थोरै छुँदा समेत ढल्ने र पीडाको अस्वाभाविक अभिनय गर्ने गरेको भन्दै विश्वभर उनको आलोचना भएको थियो ।

उक्त आलोचनाका बारेमा एक अन्तर्वार्तामा बोल्दै नेइमारले भनेका छन् ,’ सायद मैले मेरो शरीरलाई सन्तुलनमा राख्न सक्दिन । खुट्टाका नलीमा जुत्ताले चोट लाग्दा, मेरुदण्डमा ठक्कर लाग्दा, पैतालामा कसैले कुल्चिंदा लड्नु स्वाभाविक हो । त्यो पीडाका कारण जमिनमा ढल्दा दर्शकहरुलाई अस्वाभाविक लाग्न सक्छ । तर पीडा साहना नसकेर जमिनमा ढल्नु मेरो बाल्यकाल देखिको बानी हो’ । नेइमारको खुट्टाको गोलीगाँठोमा निकै ठूलो चोट लागेको छ र गएको फेब्रुवरीमा शल्यक्रिया नै गर्नुपरेको थियो । उनलाई खुट्टामा विश्वकप खेलमा खुट्टामा पीडा भएको कारण मध्ये त्यो पनि एक हो ।

नेइमारले दर्शकले गरेको आलोचनाले आफूलाई सुधार्ने अवसर मिलेको र आफूमा सुधार ल्याउने प्रत्यत्न गर्ने बताएका छन् । उनले विश्वकपमा ब्राजिलको हार प्रति दु:ख मनाउँ गर्दै ब्राजिलको फुटबल खेललाई नै थप राम्रो बनाउन आफू लागिपर्ने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments