काठमाडौं । लिपिस्टिक सौन्दर्य प्रशाधनमा महत्वपूर्ण सामग्री मानिन्छ । ओठको रक्षा गर्न, ओठलाई कोमल बनाउन साथै सुन्दर बनाउनको लागि लिपिस्टिक प्रयोग गर्ने गरिन्छ । लिपिस्टिकलाई सौन्दर्यको अरु सामग्रीको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

थकान र विभिन्न कारणले गर्दा आँखा मुनी कालो देखिने गर्छ । मेकअपको समयमा लिपिस्टिकको मद्दतले त्यो कालोलाई छोप्न सकिन्छ । कालो भएको भागमा लिपिस्टिक लगाएर त्यसलाई क्रिम जसरि मसाज गर्ने हो भने आँखाको कालो भाग छोपिन्छ । लिपिस्टिकलाई मेकअपको समयमा चिकबोन, नाक कटिंग गर्न पनि प्रयोग गर्न सकिन्छ । लिपिस्टिकले गर्दा त्यो भद्दा देखिंदैन र छालालाई पनि असर गर्दैन । लिपिस्टिकलाई ब्लसरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

त्यस्तै लिपिस्टिकलाई आइ-मेकअपमा पनि प्रयोग गर्न सकिन्छ । आइस्याडो लगाउँदा आइस्याडो आफूले चाहेको रंगको छैन तर लिपिस्टिक त्यो रंगको छ भने लिपिस्टिकलाई नै आइस्याडोको रुपमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, गाढा रंगको लिपिस्टिक आँखीभौंलाई बाक्लो देखाउनको लागि पनि प्रयोग गर्न सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments