काठमाडौं । नेपालीहरुको लागि म:म प्रिय परिकार हो । म:म मा पनि पछिल्लो समय विविधता आउन थालेको छ, जसले स्वादमा पनि नयाँपन दिन्छ। अहिले ठूलो म:म रेस्टुरेन्टको मेनुमा खोजिने परिकार बनेको छ । ठूलो म:म सजिलो तरिकाले घरमै बनाउन सकिन्छ। यो अर्को म:म जस्तै गरि बनाउन सकिन्छ, मात्र केही कुरा फरक हुन्छ ।

एउटा भाँडोमा मैदा राख्ने र त्यसमा थोरै नुन मिलाउने । अब त्यसमा थोरै-थोरै पानी राख्दै मुछ्ने ।

मुछेर डल्लो बनाएपछि त्यसमा वरिपरि तेल लगाएर दुई घण्टा यत्तिकै छोपेर राख्नुपर्छ ।

एउटा भाँडोमा किमा राख्ने र त्यसमा प्याज, धनियाँ, खुर्सानी, नुन, म:म मसला, थोरै पानी राखेर मुछ्ने ।

मैदाको डल्लोलाइ दुई घण्टापछि फेरी मोल्ने र बेल्न सुरु गर्ने ।

एउटा-एउटा सानो आकारको रोटी बनाउने।

अब रोटीमा किमा राखेर डल्लो पार्ने ।

डल्लो तयार गरेपछि म:म पकाउने भाँडोमा पकाउने ।

 

Comments

comments