काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग चीनका उपविदेशमन्त्री वाङ वाजुनले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएकोभेटघाटमा दुई मुलुकबिचको आपसी सम्बन्ध सहयोगका बिषयमा कुराकानी भएको प्रधानमन्त्रीका सञ्चार सहयोगि चेतन अधिकारी जानकारी दिनुभयो । चिनीया उपविदेशमन्त्रीसंगको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता दोहो¥याउनु भएको थियो ।

आफ्नो अघिल्लो कार्यकालमा चीनसँग भएको ट्रान्सर्पोट र ट्रान्जिट सन्धिलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको समेत प्रष्ट पारेका पार्नुभयो । नेपाल र चिनबिचको सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ त्यसैले ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आतुर रहेको पनि बताउनुभएको थियाे ।

उपविदेशमन्त्री वाङले नेपाल–चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताउनुभयो । नेपाल र चीन सरकार बीच जनस्तरबाट सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गर्नु पर्ने उपविदेशमन्त्रीको भनाइ थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments