काठमाडौं । विश्व प्रसिद्ध लण्डनको लर्डस मैदानमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले ब्रिटेनको चर्चित मार्लबोन क्रिकेट क्लब (एमसीसी) लाई हराएको छ।

आइतबार बिहानैदेखि पानी परिरहेको भए पनि नेपालको राष्ट्रिय क्रिकेट टोलीले खेल्न लागेको खेल हेर्न सैयौं दर्शकहरु लण्डनको विश्व प्रसिद्ध लर्डस मैदान पुगेका थिए।

बिहान दश बजेबाट शुरु हुने भनिएको खेल वर्षातका कारण अपरान्ह एक बजेर पचास मिनटमा शुरु भएको थियो । नेपालले एमसीसीलाई ९ विकेटले पराजित गरेको हो । वर्षाको कारण खेललाई ६ ओभरमा छोट्याइएको थियो।

खेलमा नेपालले टस जितेपछि पहिलो फिल्डिङ रोजेर सोमपाल कामीको २ तथा शक्ति गौचनको एक विकेटको मदतमा एमसीसीलाई ६ ओभरमा ४० रनमा रोकेको थियो ।

एमसीसीका लागि श्रीलंकाका पूर्व कप्तान माहेला जयवर्दनेले सर्वाधिक २४ रन जोडे । बाँकी खेलाडीले दोहोरो रन छुन सकेनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments