काठमाडौं । वल्र्ड वाईड फिल्मस् डिस्ट्रीब्युसनको प्रस्तुति नेपाली चलचित्र मिस्टर भर्जिनको ट्रेलर आईतबार सार्वजनिक गरिएको छ ।

चलचित्रको टाईटल अनुसारकै चलचित्र रहेकाले परिवारमा सँगै बसेर हेर्न नमिल्ने तर साथीभाइसँग बसेर हेर्दा मज्जा लाग्ने नायक गौरव पहारीले बताए ।

बिशेषत युवा पुस्ताको कथा समेटिएको मिस्टर भर्जिनमा भोलाराज सापकोटा,विजय बराल,गौरव पहारी ,नायिका मरिस्का पोखरेल,सृजना सुब्बा ,कमलमणि नेपाल,रविन्द्र झा आदिको भूमिका रहेको छ ।

सुरुमा चलचित्रको कथावस्तु मन परे पनि चलचित्रको टाईल सुनेर धेरै नायिकाले रिजेक्ट गरेको तर आफूलाई भने चलचित्रको टाईटलले कुनै फरक नपरेको नायिका मरिस्का पोखरेलले जानकारी गराईन् ।

आगामी भदौ १ बाट रिलिज हुने मिस्टर भर्जिनमा खिलेन्द्र तिमसिना,प्रजापति शिवाकोटी,मुकेश रेग्मी, बिसराद बस्नेतको निमार्ण र बिसराद बस्नेतको निर्देशन रहेको छ ।

Please follow and like us:

Comments