एजेन्सी। विज्ञान भन्छ–स्वस्थ शरीरमा ६ रस हुन पर्दछ । ती हुन् गुलियो, अमिलो,पीरो, अमिलो,टर्रो र तितो ।

यी ६ प्रकारका रस त हामी प्राय पिउछौ वा विभिन्न तरकारीहरुबाट ती रसहरुको सेवन गरेका हुन्छौं । तर तितो सबैले खाएका हुदैनन् । किनभने तितो स्वाद मनपराउने विरलै व्यक्ति मात्र हुन्छन् । जस्तै करेलाको तितो स्वाद धेरैलाई फिटिक्कै मन पर्दैन । तर चिकित्सकहरुको सल्लाह अनुसार कम्तीमा हप्तामा एक पटक करेला खानु स्वास्थको लागि लाभदायक छ ।

करेलाको फाइदा :

करेलामा अन्य फल तथा तरकारीको तुलनामा बढि औषधीय गुण पाइन्छ । यसले पाचनक्रृयामा समेत फाइदा पुग्दछ । करेलामा प्रोटिन, क्याल्सियम, कार्बोहाइडेट, फस्फोरस प्रचुर मात्रामा पाइन्छ ।

१. करेला कलेजोको बिरामीहरुको लागि फाइदाजनक छ ।

२. करेला खानाले शरीरको रगत सफा हुनुको साथै, हेमोग्लोबिन बढाउनमा सहयोग गर्दछ ।

३. करेलाको रसलाई कागतीको रस पानीसँग मिलाएर पिउनाले वजन कम गर्दछ ।

४. पाचनशक्ति कमजोर हुनेले करेला खाने गरेमा पाचनशक्ति बढाउनको साथै भोक बढाउन पनि करेला लाभदाय रहेको छ ।

५. दमको रोगीले बिना मसला करेला थिचेर खाँदा फाइदा पुग्दछ ।

६. पक्षघातको बिरामीले काँचो करेला खादा फाइदा पुग्दछ ।

७. करेलामा फस्फोरस हुने हुदा कफको समस्या हुदा खानाले फाइदा हुन्छ ।

८. मधुमेहकोलागि करेला रामवाण मानिएको छ ।

९. जन्डिसको बिरामीको लागि करेला पिंधेर पानीसँग मिसाएर पिउन सकिन्छ ।

१०. बान्ता हुने र हैजाको समस्यामा करेलाको रस,कालो नून पानीमा मिसाएर पिउनाले फाइदा पुग्दछ ।

११. पायल्सको समस्या हुनेले करेलाको रसमा आधा चम्चा चिनी मिसाएर एक महिनासम्म सेवन गर्दा लाभदायक हुनेछ ।

१२. हाडजोर्नीको समस्या हुनेले करेला खानु राम्रो मानिएको छ ।

१३. उच्च रक्तचापको बिरामीले करेला खादा रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ ।

१४. तर कम रक्तचाप भएकाहरुले भने करेला कम खानु राम्रो मानिएको छ ।

 

Comments

comments