काठमाडौं । नेपालीको भान्सामा मांसाहारी परिकार पाक्दा धेरैजसो खसीको परिकार नै पाक्ने गर्छ । खसीको मासुलाई विभिन्न तरिकाले पकाएर त्यसका विभिन्न परिकार तयार पार्न सकिन्छ । त्यसमध्ये खसीको भुटन पनि एक हो । खसीको कलेजो र खसीको भुँडी, आन्द्राबाट खसीको भुटन बनाउने गरिन्छ ।

आवश्यक सामग्री :

खसीको कलेजो , खसीको सफा गरेको भुँडीको भाग र आन्द्रा

धनियाँ, प्याज, तेल, लसुन-अदुवाको पेस्ट, हरियो खुर्सानी

रातो खुर्सानीको धुलो, बेसार, नुन, गरम मसला

बेसार, दालचिनीको धुलो, सुकमेल आदि राखेर तयार गरेको विशेष मसला

 

विधी  

ठूलो भाँडोमा पानी तताउने र त्यसमा विशेष मसला राख्ने ।

पानी उम्लन थालेपछि खसीको कलेजो, आन्द्रा, भुडी राख्ने ।

कम्तीमा २० मिनेट उमाल्ने र निकालेपछि चिस्याउन राख्ने ।

सेलाइसकेपछि त्यसलाई सानो-सानो टुक्रामा काट्ने ।

एउटा भाँडोमा तेल तताउने र त्यसमा बेसार राख्ने।

त्यसपछि मासु राख्ने र एक मिनेटपछि मात्र चलाउने  ।

त्यसपछि बाकी रहेका सबै सामग्री राख्ने र चलाउँदै फ्राई गर्ने ।

केही मिनेट छोपेर पकाउने ।

Comments

comments