काठमाडौं । आज आठौँ विश्व बाघ दिवस । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउन यो दिवस मनाईँदै छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्स बर्गमा आयोजित अन्तराष्ट्रिय बाघ मञ्चले बाघ दिवस मनाउने घोषणा गरेको थियो । त्यस यता हरेक वर्ष जुलाई २९ का दिन अन्तराष्ट्रिय बाघ दिवस मनाउन थालिएको छ ।

बाघको संरक्षका लागि उनीहरुको बासस्थलको संरक्षण, संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, संरक्षणका मुद्दाहरुको उठान तथा बाघ संरक्षणमा भएका प्रयासहरुलाई प्रोत्साहन गरी यो दिवस मनाउने गरिन्छ ।

२० औँ शताब्दीको पूर्वाद्धमा बाघको जनसंख्या एक लाख रहेकोमा यो संख्या घटेर ९ सय ५ प्रतिशतमा आई अहिले ३ हजार २ सय मा झरेको तथ्यांक छ । बाघको संख्या घट्नुको मूल कारणका रुपमा जंगल फँडानी, जलवायु परिवर्तन, गैरकानुनी शिकारलाई लिईएको छ ।

यो प्रवृत्ति रोक्न भन्दै १३ मुलुक मिलेर सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने महत्वकांक्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरुको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको आठ वर्ष पुुगेको छ ।

नेपालमा २ सय ३२ भन्दा केही बढी बाघ रहेको सरकारी तथ्याङ्क छ । तर, पछिल्लो समय बाघको गणना गरेर तथ्याङ्क तयार भएपनि चितवनमा संख्या घटेका कारण सरकार बाघको संख्या सार्वजनिक गर्न डराएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments