सल्यान । छुट्टाछुट्टै बेडको व्यवस्था गरिएको छ । ओढ्ने–ओछ्याउने सफा छन् । झ्यालको व्यवस्था गरिएको छ, कोठाभित्र राम्रोसँग उज्यालो छिर्छ । कैदीबन्दीलाई पत्रपत्रिका पढ्ने व्यवस्था पनि गरिएको छ ।

यसअघि हिरासतमा महिला र पुरुषका लागि दुई कोठा थिए, जसमा कम्तीमा २५ जना राख्ने गरिएको थियो । कोठाभित्रै पिसाब फेर्नुपथ्र्यो । ओढ्ने–ओछ्याउने कपडा मुस्किलले पुग्थे । रातभरि नसुतेर बस्न बाध्य थिए । दिउँसै बत्ती बाल्नुपर्ने अवस्था थियो ।

सफा र चिटिक्क परेका बेड तथा उज्यालो कोठा भएको होटेल भेट्टाउन सल्यान सदरमुकाम खलंगामा मुस्किल हुन्छ । यहाँका होटेलभन्दा पनि राम्रो व्यवस्था भएको हिरासत कक्ष तयार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले तयार पारेको हिरासत कक्षमा सफा, चिटिक्क बेड, उज्यालो छिर्ने कोठा छन् । सदरमुकाममा रहेका होटेलको भन्दा पनि राम्रो बेड रहेको शारदा नगरपालिका मेयर सुरेश अधिकारीले बताए । ‘यो जिल्लामा रहेका ठुल्ठूला होटेलमा समेत यस्तो व्यवस्था रहेको मैले पाएको छैन,’ मेयर अधिकारीले भने, ‘हिरासतमा रहेकाजस्तै बेड पैसा तिर्छु भने पनि होटेलमा पाइँदैन ।’

जिल्ला प्रहरी कार्यालयले दुई लाख खर्च गरेर हिरासत कक्षलाई व्यवस्थित बनाएको जनाएको छ ।

जिल्लाभरि नै व्यवस्थित गरिने

अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिलाई अँध्यारो कोठामा राख्ने, खाना राम्रो नदिने, यातना दिने, श्रममा लगाउने परिपाटीको अन्त्य गर्न हिरासत कक्षलाई व्यवस्थित गर्न लागिएको डिएसपी विकले बताए । यसपछि इलाका प्रहरी कार्यालय, श्रीनगरको हिरासत कक्षलाई आधुनिक बनाइने उनले बताए । ‘जिल्लाका सबै हिरासत कक्ष व्यवस्थित गर्छौं,’ उनले भने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments