मेलबर्न । नेपालमा दर्शकको अत्यधिक माया पाएको चलचित्र ‘लिलीबिली’ अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने भएको छ ।

लिलीबिली संगै दर्शकहरुले यस चलचित्रका मूख्य अभिनेता प्रदीप खड्कालाई भेट्ने अवसर समेत पाउनेछन् । उनी संग दर्शकले सेल्फी लिन सक्ने समेत आयोजकले बताएका छन् । चलचित्रको लागि टिकट शुल्क २० डलर राखिएको छ ।

आगामी ४ अगस्ट मा हुने भनिएको यो चलचित्र प्रदर्शन कार्यक्रम Cinema Nova,380 lygon Street.Carlton,Vic 3053 मा हुनेछ । कार्यक्रम बेलुका ठिक ४ बजे देखि सुरु हुने बताइएको छ ।

विद्यार्थीहरुलाई पढाइ तथा भिसा सम्बन्धि काममा सहयोग र विभिन्न तालिम तथा फ्री पिकअप सेवा मार्फत नेपाली विद्यार्थीको अष्ट्रेलिया बसाईलाई सहज बनाउंदै आएको बिएमडब्लु कन्सल्टेन्सीले कार्यक्रमको आयोजना गरेको हो । बिएमडब्लुको यस प्रयासलाई सेभेन इपिक इन्टरटेनमेन्टले साथ दिएको छ ।

चलचित्र लिलिबिलीमा प्रदीप खड्का संगै जसिता गुरुङ र प्रियंका कार्कीले अभिनय गरेका छन् । यस चलचित्रलाई मिलन चाम्सले अभिनय गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments