मेलबर्न । संगीत पारखीहरुको लागि अष्ट्रेलियाको मेलबर्नमा आगामी आइतबार अर्थात् २९ जुलाईमा ‘द ओरिजनल डुव’ कन्सर्ट हुने भएको छ । यति फुटबल क्लबले आयोजना गरेको यस कार्यक्रमलाई कंडेल कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको हो ।

उक्त कार्यक्रममा कुनै समय नेपालको लोकप्रिय ब्याण्डको रुपमा चिनिएको 1974 एडीका गायक एड्रिन प्रधान र गायक फिरोजको विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा सहभागीहरुलाई डिजे मिस्टा संगीतको तालमा नचाउनेछन् । अशोक खतिवडा, लडीबडी , मिस्टिक, द अन्डरलाइन लगायतले समेत कार्यक्रममा आफ्ना प्रस्तुतीहरु दिनेछन्।

१८ वर्ष माथीकाले मात्र प्रवेश पाउने यस कार्यक्रममा सहभागी हुनको लागि आफ्नो फोटो सहितको परिचयपत्र लिएर जानुपर्नेछ । कार्यक्रम बेलुका ६ बजे देखि Billboard – 170 Russell ST मेलबर्नमा हुनेछ । कार्यक्रममा सहभागी हुन अनलाइन बुकिङ्ग गर्नेहरुका लागि २५ डलर, कार्यक्रम भन्दा अगाडी टिकट लिनेहरुका लागि ३० डलर र कार्यक्रम सुरु हुने समयमा टिकट लिनेहरुका लागि ३५ डलर शुल्क लाग्नेछ ।

यो कार्यक्रम ब्रिसबेनमा उल्लेख्य सहभागीहरु संगै भव्य रुपमा सम्पन्न भएको छ भने एडलेडमा शनिबार र मेलबर्नमा आइतबार हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments