डार्विन । नेपाली कांग्रेसका संस्थापक तथा जननायक वि.पी कोइरालाको ३६ औं स्मृति दिवसको उपलक्ष्यमा अष्ट्रेलियाको डार्विनमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ । हालै डार्विन आइपुग्नुभएका नेपाली कांग्रेस काठमाडौं जिल्लाका पूर्व उपसभापति गौरी प्रसाद दवाडीको प्रमुख आतिथ्य रहेको कार्यक्रमलाई जन सम्पर्क समिति नर्थन टेरीटोरी डार्विनले आयोजना गरेको हो । कार्यक्रमको अध्यक्षता जनसम्पर्क समिति डार्विनका प्रमुख सविन बरालले गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष बराल र प्रमुख अतिथि दवाडीले स्व. नेता वि.पी कोइरालाप्रति श्रद्धान्जली प्रकट गर्दै उहाँको तस्बिरमा माल्यापर्ण गर्नुभएको थियो । प्रमुख अतिथि गौरी प्रसाद दवाडीले वि.पीको नीति, उनले देशको परिवर्तनको लागि निभाएको भूमिका, प्रधानमन्त्रीकालमा छोटो समयमा नै गरेका उल्लेखनीय कामको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले अहिले कांग्रेसलाई समाजवाद छोडेको आरोप लागेको तर वास्तवमा कांग्रेसको नेतृत्व तहका केही व्यक्तिले वि.पी को मार्ग भुलेको तर्क राख्नुभएको थियो । उहाँले वि.पीको बाटोलाई पछ्याउंदै कांग्रेसलागी अझ बलियो बनाउनको लागि सबैलाई सुधारकको भूमिका खेल्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै जनसम्पर्क समिति डार्विनका अध्यक्ष सविन बरालले वि.पीको निती, उनले देखाएको मार्गदर्शनका कारण नै आफू विदेश हुँदा पनि नेपाली कांग्रेस र देशको हितको लागि लागिरहेको उल्लेख गर्नुभयो । उहाँले सबैलाई हातमालो गर्दै, एक-अर्कालाई सहयोग गर्दै मिलेर अगाडी बढ्नु पर्ने धारणा समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएन अष्ट्रेलियाका केन्द्रिय सदस्य विष्णु चापागाईं, एनआरएन युथ को-अर्डिनेटर नविन भण्डारी, एनएपटि अध्यक्ष सुवास पोखरेल, जनसम्पर्क समिति नर्थन टेरीटोरीका सचिव संजिव गोर्खाली, सह-सचिव वासु दुलाल, कार्यक्रम संचालक मेघनाथ खनाल लगायतले वि.पी कोइरालाको बहुप्रतिभाशाली व्यक्तित्व र उहाँको योगदान बारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा डार्विनको नेपाली समुदायका विभिन्न पेशाकर्मी तथा समाजसेवीहरुको उल्लेखनीय उपस्थिति थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments