जापानमा गत शनिबार सक्रिय बनेको ज्वालामुखीमा अहिले पनि विषाक्त ग्यास र धुवाँ आइरहेको कारण उद्धारकर्मीहरुलाई उद्धारकार्यमा अबरोध पुगेको छ ।

आज बिहानैबाट सैन्य हेलिकोप्टरबाट उद्धारकार्य सुरु गरिए पनि ८ जनाको उद्धारपछि स्थगित गरिएको बताइएको छ । ओन्टेक माउन्टलाई उक्त विषाक्त धुवाँले ढाकेपछि दिउँसो साढे एक बजेबाट उद्धार कार्य रोकिएकोे नागानोका प्रहरी प्रवक्ता नाओफुमी मियारीले जानकारी दिएका छन । कम्तीमा पनि ३१ जनाको मृत्यु भएको विश्वास गरिएको थियो । हिजो र आज गरी जम्मा १२ जनाको शरीर निकालिएको छ भने अझै १९ जनालाई सोही क्षेत्रमा छोडिएको जनाइएको छ ।

उक्त जवालामुखीमा कति मारिए भन्नेबारे स्पष्ट भइ सकेको छैन ।

Comments