मेलबर्न । अष्ट्रेलियाको साउथर्न क्रस युनिभर्सिटी पब्लिक युनिभर्सिटी हो । यस युनिभर्सिटी अन्तर्गत अष्ट्रेलियाका सिड्नी, गोल्ड कोस्ट, मेलबर्न, पर्थ लगायत मूख्य सहरमा रहेका शैक्षिक संस्थामा पढ्न सकिन्छ ।

साउथर्न क्रस युनिभर्सिटीमा पढ्नको लागि वार्षिक २४ हजार अष्ट्रेलियन डलर देखि ३० हजार अष्ट्रेलियन डलर सम्म तिर्नुपर्ने हुन्छ । कोर्स र पढाइको समयावधि हेरेर शुल्क फरक फरक हुन्छ । यो शुल्क बाहेक कोर्सको आवश्यकता , प्रयोगात्मक कक्षा अनुसार अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ । अतिरिक्त शुल्क वार्षिक १ हजार डलर देखि २ हजार डलर हुन्छ।

साउथर्न क्रस युनिभर्सिटीमा विदेशी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था समेत छ । सरकार, विभिन्न संस्था तथा युनिभर्सिटीले दिने धेरै किसिमका छात्रवृत्ति यहाँ उपलब्ध छन् । छात्रवृत्ति हरेक वर्ष खुल्ला गरिएको हुन्छ तर नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिना अगाडी बन्द हुन्छ । त्यसैले छात्रवृत्तिको लागि अप्लाई गर्न चाहने विद्यार्थीले समयमै अप्लाई गर्नुपर्छ ।

साउथर्न क्रस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु :

ENVIRONMENT, SCIENCE AND ENGINEERING

MEDIA, MUSIC & CREATIVE ARTS

TOURISM & HOSPITALITY

LAW & JUSTICE

BUSINESS

HEALTH & HUMAN SCIENCES
 
INDIGENOUS KNOWLEDGE
 
INFORMATION TECHNOLOGY
 
 HUMANITIES & SOCIAL SCIENCES

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments