मेलबर्न । नेपाली महिलाहरुको ठूलो पर्व मानिने तीज नाजिंकिदै छ । नाजिंकिदै गरेको तीजको लागि तीजगीतका म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् भने देश-विदेशमा तीज विशेष कार्यक्रमको तयारि समेत भएको छ । अष्ट्रेलियाको मेलबर्नमा पनि नेपालीहरुले तीज मनाउनाको लागि भव्य तयारि गरिरहेका छन् ।

मेलबर्नमा रहेको नेपाली समुदाय मिलेर भव्य र सभ्य रुपमा तीज मनाउनको लागि नेप्को इन्टरटेनमेन्टले ‘तीज मेला २०७५’ को आयोजना गरेको छ । तीज मेलामा लोकप्रिय कलाकारहरु पशुपति शर्मा, देवी घर्ती, मंजु पौडेल, सन्जु थापाको प्रस्तुति रहनेछ । दिदीबहिनीलाई नाचगान संगै थप मनोरंजन दिने उद्देश्यले कार्यक्रममा नि:शुल्क फोटोसुटको अवसर समेत रहनेछ ।

आगामी अगस्ट ११ मा हुने कार्यक्रमलाई नेपाली समुदायमाझ गुणस्तरीय सेवाको लागि परिचित ग्रेस इन्टरनेशनलले मूख्य प्रायोजन गरेको छ । आयोजकका अनुसार, तीज मेला बेलुका ५ बजे सुरु हुनेछ र प्रवेश शुल्क १५ डलर रहेको छ । तीज मेला २०७५ Estonian House, 43 Melville Road, Brunswick West मा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments