दक्षीण कोरियाको इन्चोनमा जारी एसियाड अन्तर्गत नेपाली टेबल टेनिस टिमले आज सुधारोन्मुख प्रदर्शन गरेको छ ।

अघिल्लो दिन खासै राम्रो प्रदर्शन नगरेको नेपालले आज पुरुष डबल्समा मंगोलियालाई पराजित गर्याे । अमरलाल मल्ल र पुरुषोत्तम बज्राचार्यले खेल ११–८, ११–६ र ११–६ ले जिते । तर, मिक्स्ड डबल्स र महिला डबल्समा भने नेपालले हार बेहोरेको छ । महिला डबल्समा नेपाल हङकसंग ३–० ले पराजित भयो ।
रबिना महर्जन र रितामैया प्रजापति ११–८, ११–५ र ११–३ ले पराजित भएका हुन् । त्यसैगरी नबिता श्रेष्ठ र काजोल रौनियार पनि दक्षिण कोरियाको टिमसंग ३–० ले नै पराजित भए । नबिता र काजोल ११–३, ११–४ र ११–७ ले पराजित भएका हुन् ।

यता, मिक्स्ड डबल्सतर्फ नेपाल उत्तर कोरियासंग ३–० ले नै पराजित भयो । पुरुषोत्तम बज्राचार्य र काजोल रौनियार ११–५, ११–५ र ११–२ ले पराजित भएका हुन् ।

Comments

comments