मेलबर्न । प्राविधिक र सिर्जनात्मक कोर्स गर्न चाहनेहरुका लागि अष्ट्रेलियाको जेएमसी एकेडेमी उपयुक्त शैक्षिक संस्था हो । यस शैक्षिक संस्थामा भर्ना हुन चाहने नेपाली विद्यार्थीले आइएलटिएसमा ६ ल्याएको र ६० प्रतिशत ल्याएर प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्छ । साथै भर्ना प्रक्रियामा अन्तर्वार्ता दिनुपर्ने हुन्छ र म्युजिकको लागि अडिसन, एनिमेसनको लागि आफ्नो नमुना काम आदि पनि बुझाउनुपर्ने हुनसक्छ ।

यस एकेडेमीमा पढाइ हुने कोर्सहरु एनिमेसन, अडियो इञ्जिनियरिङ्ग – साउण्ड प्रोडक्सन , कन्टेम्पोरेरी म्युजिक, इन्टरटेनमेन्ट बिजनेस म्यानेजमेन्ट, फिल्म-टेलिभिजन प्रोडक्सन, डिजिटल डिजाइन, गेम डेभलपमेन्ट, गीत लेखन, स्क्रिन एण्ड मिडिया, क्रिएटिभ इन्डस्ट्रिज हुन् । जेएमसी एकेडेमीमा पढिसकेपछि विद्यार्थीहरुलाई इन्टर्नसिपको लागि समेत पठाइन्छ ।

यस एकेडेमीमा ट्रीमेस्टर अनुसार पढाइ हुन्छ । एक ट्रीमेस्टरमा १४ हप्ता हुन्छ । डिप्लोमा कोर्स २ ट्रीमेस्टर अवधिको हुन्छ भने ब्याचलर डिग्री ६ ट्रीमेस्टर अवधिको हुन्छ । पढ्नको लागि शुल्क डिप्लोमा तहमा करिब २१ हजार ५ सय अष्ट्रेलियन डलर र ब्याचलर डिग्रीमा करिब ६४ हजार डलर शुल्क लाग्छ ।

मिडियामा सर्टिफिकेट लेभल गर्न भने १२ हप्ताको मात्र कोर्स हुन्छ र करिब ३ हजार अष्ट्रेलियन डलर शुल्क लाग्छ। यो शुल्क एकेडेमीले आगामी वर्ष अर्थात २०१९ को लागि निर्धारण गरेको शुल्क हो । एकेडेमीकै निर्णय अनुसार, शुल्क बढ्ने गर्छ। तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments