मेलबर्न । कर्टीन युनिभर्सिटी पश्चिम अष्ट्रेलियाको पर्थ सहरमा रहेको छ । यो युनिभर्सिटी विश्वका उत्कृष्ट १ प्रतिशत युनिभर्सिटीमा पर्छ । यस अन्तर्गतका कलेजहरु अष्ट्रेलियामा मात्र नभएर दुबई, मलेसिया, सिंगापुर लगायत देशमा समेत छन् ।

कर्टीन युनिभर्सिटीमा ब्याचलर डिग्री, डबल डिग्री, पोस्टग्राजुएट, मास्टर्स, रिसर्च, पीएचडी तहमा पढाइ हुन्छ । यस युनिभर्सिटीमा एउटा सेमेस्टरमा १०० क्रेडिटको हिसाबले पढाइ हुन्छ र शुल्क त्यही अनुसार निर्धारण गरिएको हुन्छ । १०० क्रेडिट भन्दा माथीको पढ्न चाहेमा शुल्क थप्नुपर्ने हुन सक्छ । शुल्क तिर्दा सेमेस्टरको हिसाबले तिर्नुपर्छ । आफूले पढ्ने विषयमा केही प्रयोगात्मक वा अतिरिक्त सामग्री थप्नुपर्ने भएमा त्यसको अतिरिक्त शुल्क लाग्छ ।

यस युनिभर्सिटीमा Arts and Commerce Double Degree degree , Engineering and Commerce Double Degree degreeScience and Commerce Double Degree degreeLaw and Commerce Double Degree degree , Psychology and Marketing Double Degree degree  लगायतका डबल डिग्री कोर्स उपलब्ध छन् ।

कर्टीन युनिभर्सिटीमा विदेशी विद्यार्थीहरुको लागि छात्रवृत्तिको व्यवस्था समेत रहेको छ । अष्ट्रेलियन सरकारले प्रदान गर्ने, गैरसरकारी संस्थाले प्रदान गर्ने, युनिभर्सिटीले प्रदान गर्ने लगायत गरि यहाँ ४२ किसिमका छात्रवृत्ति उपलब्ध छन् । यस युनिभर्सिटीको छात्रवृत्ति सुविधा बारे थाहा पाउन www.scholarships.curtin.edu.au मा क्लिक गर्नुहोस् । तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments