संविधानका विवादित विषयमा सहमति र अवरुद्ध व्यवस्थापिका संसद सुचारु गर्ने विषयमा सहमति जुटाउन बसेको तीन दलको बैठक आज पनि विना निष्कर्ष टुंगिएको छ ।

आज विहान सिंहदरवारमा बसेको बैठकमा दलहरु आफ्नो अडानबाट पछि नहटेपछि बैठक विना निष्कर्ष टुंगिएको हो । एकीकृत माओवादीले भने सरकार संविधान निमाणप्रति उदासिन भएको आरोप लगाउँदै सरकारकै कारण सहमति बन्न नसकेको आरोप लगाएको छ । मुख्य रुपमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनप्रति कुरा नमिल्दा बैठक निष्कर्षविहीन भएको हो । तीन दल उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न सहमत भएपनि नेतृत्वको विषयमा कुरा नमिलेको हो ।

प्रतिपक्षी दल एकीकृत माओवादीले संयन्त्रको संयोजक आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ भने सत्तारुढ कांग्रेस एमालेले भने आलो पालो गर्नुपर्ने प्रस्ताव राखेका छन् । तर पनि संविधान जारी नभएसम्मकालागि संयन्त्र गठन गर्ने विषयमा भने दलहरुबीच सहमति भएको छ ।

Please follow and like us:

Comments