यस पटकको विश्वकपमा पहिलो पटक प्रयोग गरिएको स्प्रे दर्शका लागि निकै चाख लाग्ने विषय बनेको छ । स्प्रेको प्रयोग दक्षिण अमेरिकी फुटबलको दुनियामा धेरै वर्षदेखि प्रयोग गरिँदै आएको भए पनि विश्वकपममा भने पहिलो पटक प्रयोग गरिएको हो ।
यो स्प्रे फ्रि किकको समयमा रक्षापंक्तिमा रहने खेलाडीहरूले निश्चित लाइनमा रहुन भन्ने उदेश्यले प्रयोग गरिन्छ । यो निकै गाढा भए पनि एक मिनेटपछि भने आफै गायब हुन्छ । त्यसैले विश्वकपमा यसको प्रयोगलार्इ लिएर दर्शकले मन पराएका छन् ।।

Comments

comments