पर्थ । अष्ट्रेलियाको पर्थमा प्र.डा. गोविन्द के.सीको समर्थनमा ऐक्यबद्धता भेला सम्पन्न भएको छ । डा. गोविन्द के.सीका मागहरु जायज भएको र उनी कुनै व्यक्ति वा संस्थाको लागि नभई नेपाली जनताको लागि अनसन बसेको भन्दै उनको समर्थनमा पर्थ नेपाली समाजले भेलाको आयोजना गरेको थियो ।

आज आईतबार अर्थात २२ जुलाईमा स्थानीय ब्रजवुड पार्कमा बिहान ९ बजेदेखि ११ बजेसम्म ऐक्यबद्धता भेला भएको थियो । एनआरएनका उपाध्यक्ष दिपक शर्माले अष्ट्रेलियाको व्यस्त जीवनशैलीको बावजुद पनि कार्यक्रमको उद्देश्यलाई प्रभावकारी बनाउनको लागि भेलामा उपस्थित भएका सम्पूर्ण सहभागीहरुप्रति कृतज्ञता प्रकट गरेका छन् ।

एनआरएनका उपाध्यक्ष दिपक शर्मा, युवा अभियन्ताहरू राज थपलिया, नविन भण्डारी, हरि भण्डारीलगायतले कार्यक्रमको संयोजन गरेका थिए।

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments