बझाङ । खप्तड छान्ना गाउँपालिका–६ बयानामा पहिरोमा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमध्ये ३ जना एकै परिवारका हुन् ।

मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी बुहारी ३२ वर्षीय महेश्वरी थापा र उनका ६ वर्षीय छोरा कृष्ण थापा र सोही गाउँका–२० वर्षीय मंगल थापा रहेको घटनास्थलबाट वडा सदस्य प्रेमबहादुर थापाले बताएका छन् । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

पहिरोमा परी २ जना घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँका ५ वर्षीय कविराज थापा र रिकेश थापा रहेका छन् । गाउँ नजिकै रहेको शिव मन्दिर गलेगडामा पहिरो जाँदा चौतारामा बसी रहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उजली थापा, उनकी बुहारी महेश्वरी थापा र उनका छोरा कृष्ण थापा एकै परिवारका हुन्। महेश्वरी थापा खप्तड छान्ना गाउँपालिका–६ की महिला स्वास्थ्य स्वयम्सेविका पनि हुन् । घरबाट घाँस लिएर पारीछाना भन्ने ठाउँमा जाँदै गर्दा बीचमा पहिरोमा परी उनीहरुको घटनास्थलमै ज्यान गएको वडा सदस्य थापाले बताएका छन् ।

घाइतेहरुको उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएपछि थप उपचारका लागि जिल्ला सदरमुकाम चैनपुर पठाइएको छ भने गाउँमा रुवाबासी चलेको छ । गाउँले शोकमा डुबेका छन् ।

जिल्ला प्रशासन कार्यालय बझाङले भने घटना भएको जानकारी प्राप्त भए पनि घटनास्थलबाट प्रहरीको आधिकारिक खबर प्राप्त हुन नसकेको जनाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले घटनास्थल पुग्न प्रहरीलाई ४ घण्टा पैदल हिँड्नुपर्ने भएकाले घटनाको थप जानकारी प्राप्त हुन नसकेको बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments