मेलबर्न । अष्ट्रेलियाको स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजी पब्लिक रिसर्च युनिभर्सिटी हो । यो युनिभर्सिटी अष्ट्रेलियामा विद्यार्थीहरुको लागि उपयुक्त मानिने सहर मेलबर्नमा रहेको छ । यसको स्थापना सन् १९०८ मा भएको हो ।

सन् २०१७ को क्वालिटी इन्डिकेटर फर लर्निङ्ग एण्ड टिचिंग २०१७ को डाटामा विद्यार्थीको सन्तुष्टीको आधारमा स्विनबर्न युनिभर्सिटी भिक्टोरिया राज्यका तीन उत्कृष्ट युनिभर्सिटीमा पर्न सफल भएको थियो । यस युनिभर्सिटीमा युनिभर्सिटी अन्तर्गतका कलेज र अनलाइनमा समेत पढाइ हुन्छ । यस युनिभर्सिटीका विश्वका २० भन्दा बढी देशमा १०० भन्दा बढी साझेदार शैक्षिक संस्था रहेका छन्। यस युनिभर्सिटीमा भोकेसनल कोर्स, अन्डरग्राजुएट, ग्राजुएट र रिसर्चमा पढाइ हुन्छ ।

स्विनबर्न युनिभर्सिटीमा विदेशी विद्यार्थीहरुको लागि प्रोफेसनल कोर्स समेत रहेको छ । प्रोफेसनल कोर्स मास्टर तहमा हुन्छ र बिजनेस, उद्धमसिलता, इञ्जिनियरिङ्ग, बैंकिंग आदि क्षेत्रमा पढाइ हुन्छ । यस युनिभर्सिटीमा प्रोफेसनल कोर्सलाई सघाउ पुर्याउने करियर सक्सेस प्रोग्राम पनि हुन्छ ।

सरकारले दिने र युनिभर्सिटीले दिने गरि यहाँ थुप्रै छात्रवृत्ति योजना रहेका छन् । विद्यार्थी आएको देश, उसले पढ्ने कोर्स, उसको पढाइ क्षमता आदिको आधारमा छात्रवृत्ति फरक-फरक हुन्छ । यस युनिभर्सिटीमा पढाई हुने कोर्सहरु निम्न हुन् :

तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

 

 

Comments