मेलबर्न । बण्ड युनिभर्सिटी अष्ट्रेलियाको पहिलो प्राइभेट तर गैरनाफामुलक युनिभर्सिटी हो । यो युनिभर्सिटी क्विन्सल्याण्डको गोल्ड कोस्टमा रहेको छ । यो युनिभर्सिटी सन् १९८९ मा स्थापना भएको थियो ।

बण्ड युनिभर्सिटीमा एक वर्षमा तीन सेमेस्टरको हिसाबले पढाइ हुन्छ । जसले गर्दा , दुई वर्षमा नै अन्डरग्राजुएट तह पूरा गर्न सकिन्छ। यस युनिभर्सिटीले विदेशी विद्यार्थीहरुको लागि बण्ड युनिभर्सिटी कलेज फाउन्डेसन प्रोग्राम संचालन गर्छ। यो कोर्स यस युनिभर्सिटीमा अन्डरग्राजुएट तह पढ्न आउने विद्यार्थीहरुको लागि अन्डरग्राजुएट पढ्नु भन्दा अगाडीको आधार कोर्स हो।

यस युनिभर्सिटीमा विदेशी विद्यार्थीलाई छात्रवृत्ति समेत उपलब्ध छ । बण्ड युनिभर्सिटीमा पोस्टग्राजुएट गर्न चाहने विद्यार्थीहरुको लागि उपलब्ध कोर्स यस प्रकार छन् :

बण्ड युनिभर्सिटीमा डिप्लोमा पढ्न चाहने विद्यार्थीहरुले उक्त कोर्सको लागि छुट्टाइएको मापदण्ड पूरा गर्नुपर्छ । यस युनिभर्सिटीमा डिप्लोमा तहमा पढ्नको लागि उपलब्ध कोर्सहरु यसप्रकार छन् :

Comments

comments