नयाँ दिल्ली । चेन्नइमा एक समूहले महिला पर्यटकलाई ७ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेका छन् । चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुसी पर्यटक महिलालाई लागूऔषध खुवाएर बलात्कार गरिएको अधिकारीहरुले जनाएका छन् । घटना लगत्तै प्रहरीले बलात्कारीको खोजी जारी गरिरहेको थियो । ।

अधिकारीहरुका अनुसार महिला पर्यटक आफू बस्ने होटलकै कोठामा बलात्कृत भएकी थिइन् । २१ वर्षीय उनी नाङ्गो अवस्थामा होटेलको कोठामा फेला परेकी थिइन् । उनका्े अनुहारमा समेत घाउ चोट लागेको छ । भारतमा यस्ता बलात्कारका घटनामा वृद्धि भएपछि कडा कानुन ल्याइएको छ । तर कानुनले पनि यस्तो कुकर्मलाई भने रोक्न नसकेको छैन । एएफपी

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments