काठमाडौं । जुना फिल्मस् तथा एसिया ईन्टरटेनमेन्टको संयुक्त प्रस्तुती चलचित्र ”जय शम्भु ” को पहिलो गीत रिलिज गरिएको छ ।

अमृता नेपालको शब्द,टंक बुढाथोकीको संगीत रहेको उक्त गीतमा अन्जु पन्त र टंक बुढाथोकीको आवाज रहेको छ । नायिका वर्षा शिवाकोटी र नायक अनुपविक्रम शाही फिचरिङ गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

गीत रिलिजको समय नायक अनुपविक्रम शाही र निर्देशक रुपेश तामाङ दुबै अनुपस्थित थिए ।

चलचित्रका प्रस्तुतकर्ता दिनेश शाही हुन् । यस चलचित्रलाई अरविन्द्र मान शाक्यले निर्माण गरेका हुन् । कास्टिङ डाईरेक्टर समीर बलामी रहेको जय शम्भुलाई रुपेश तामाङले निर्देशन गरेका छन् ।

चलचित्र यही भाद्र १ गतेबाट सिनेमा हलहरुमा प्रदर्शनीमा आउने छ ।

Comments

comments